काठमाडौं । वागमती सफाइ महाअभियान सुरु भएको ६ सय नौ हप्तापछि स्थानीय सरकारकै नेतृत्वमा सफाइमा अभियानकर्मी जुट्न थालेका छन् ।

काठमाडौँ महानगरपालिका–८ को नेतृत्वमा भएको सफाइ पशुपति क्षेत्रमा केन्द्रित छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा गरिएको सफाइबाट सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइका क्रममा उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको छ ।

सफाइमा पूर्व मुख्यसचिव एवं सफाइ अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण भण्डारी, काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष आशामान सँगत, वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधि र अभियानकर्मीको सक्रियता रहेको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वागमती किनारमा हुने गरेको छ । गत बुधबार काठमाडौँ महानगरपालिका–११ मा वाग्मती छुने महानगरपालिकाका १० वडाका वडाध्यक्षको सहभागितामा भएको बैठकले सफाइको जिम्मेवारी वडाले लिने सहमति भएको हो ।

आइतवार, २८ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !