बाजुराको सदरमुकाम मार्तडी देखि बुढिनन्दा नगरपालिकाको कोल्टी सम्म बस सेवा सञ्चालन आएको छ । शुक्रवार एक औपचारिक कार्यक्रमकाबिच मार्तडी–कोल्टी बस सेवा नियमित सञ्चालनको उद्घाटन गरिएको हो ।

जिल्लाको बडिमालिका र बुढिनन्दा नगरपालिका, जिल्ला प्रशासन कार्यालय बाजुरा लगायत सरोकारवाला पक्षको लामो समयदेखिको पहल पछि मार्तडी कोल्टी बस सेवा सञ्चालन गर्न सफल भइएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

बस सेवा सञ्चालन पछि बाजुराका उत्तरी भेगका ४ पालिका सहित छिमेकी जिल्ला मुगु, हुम्ला र कालिकोटका नागरिक यातायातको सहज पहुँचमा पुग्ने भएका छन्।भने गाउँमै बस चढ्ने कुन्न्ना क्षेत्रका स्थानीयको बर्सौँ देखिको सपना साकार भएको छ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराका अनुसार मार्तडी देखि कोल्टी सम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरेर महाकाली यातायातका बस नियमित चल्ने गरि सञ्चालन गरिएका हुन् ।

मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम मार्तडी सहित महेन्द्रनगर, धनगढी,काठमाडौँ लगायतका ठाउँसम्म आवतजावत गर्न ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले विश्वास ब्यक्त गर्नुभयो ।

जिल्लाको मुख्य लाइफलाइनको रुपमा रहेको मार्तडी कोल्टी सडकमा बस सञ्चालनका लागि यसअघि पटक पटक पहल हुँदा पनि सञ्चालनमा आउन सकेको थिएन ।

बस सेवा सञ्चालनमा आएपछि लामो समयदेखि महँगो भाडा तिरेर मार्तडी कोल्टी सम्मको कष्टपूर्ण यात्रा गर्न बाध्य नागरिकहरू राहत भएको भन्दै खुशी भएका छन्।

शनिबार, २७ पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !