Trending
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताउनुभएको छ । आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दे उहाँले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने बताउनुभयो । पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नु पर्ने उहाँको भनाई थियो । लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्याउने कार्यले पार्टीलाई बलियो नबनाउने उहाँको तर्क थियो ।
उहाँले केन्द्रीय कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गर्नुभएको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ । बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न पनि आग्रह गर्नुभयो ।
पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको ओलीको भनाई थियो । उहाँले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिनुभयो ।