आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत आज (शनिबार) पोखरामा श्रीपति समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन् । पोखराको श्रीपति कोइराला गुठीले उनलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कृत गरेको हो ।

गुठीको ३२ औं साधारणसभामा उक्त पुरस्कार ग्रहण गर्दै डा.रुइले आफूलाई थप उर्जा प्राप्त भएको बताएका छन् । ‘मैले गण्डकी प्रदेशको मुस्ताङबाट सन् १९९२ मा आँखाको क्षेत्रमा असाध्यै महत्वपूर्ण काम सुरु गरेको थिएँ,’ उनले भने, ‘यही क्षेत्रको पोखरा मेरो पेसाको नजिक छ । यो पुरस्कार पाएर म धन्य भएको छु ।’

उनले काम गर्ने वातावरण नबनाउँदासम्म दक्ष जनशक्तिलाई स्वदेशमै रोक्न नसकिने बताउँदै राजनीतिमा सुसंस्कार हुने हो भने भारत र चीनको बीचमा रहेको नेपाल १५ वर्षमै विकसित हुने धारणा व्यक्त गरे । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइत यसअघि नेपाल र अन्तर्राष्ट्रियस्तरका थुप्रै सम्मान र पुरस्कारले विभूषित भइसकेका छन् । आँखाको उपचारमार्फत सामाजिक न्याय र मानवताको सेवामा केन्द्रित रहेकोले उनलाई यो पुरस्कार प्रदान गरिएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइराला बताए ।

शनिबार, २० पुस, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !