जिल्लाको शहीद लखन गाउँपालिकाले गर्भवतीको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेको छ। रकम अभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बिमा सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले बताए।

‘चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ। गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बिमा दर्ता सहयोगीलाई खबर गर्ने र बिमा अभिकर्ताले घरमै पुगेर बिमा गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने। कार्यक्रमअन्तर्गत हालसम्म २५ जना गर्भवतीसहित उनीहरूका परिवारका १२५ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ।

‘गाउँपालिकाले एक गर्भवतीका लागि गरिदिएको तीन हजार ५०० को स्वास्थ्य बिमाबाट गर्भवतीसहित परिवारका पाँचजनाको बिमा हुन्छ। यसबाट परिवारका पाँच सदस्यले प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा प्राप्त गर्नेछन्’, शाखा प्रमुख श्रेष्ठले भनिन्।

शुक्रबार, १४ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान