वर्षा ऋतुमा मानिस र पशुहरूको चहलपहलले भरिने लखु पाटन हिउँदको सुरुवातसँगै सुनसान बनेको छ।

उच्च हिमाली क्षेत्रको यस पाटन क्षेत्रमा वर्षा याममा गाई, भैँसी, भेडा-बाख्रा र घोडा-खच्चडको चरी-चरणको व्यस्तता हुन्छ। यहाँका बासिन्दाहरूका लागि लखु पाटन वर्षामा मुख्य चरी चरण क्षेत्र हो। परापूर्व कालदेखि नै छायाँनाथरारा नगरपालिका वडा न-१० मा अवस्थित लखु पाटनमा यहाँका बुढापाकाहरू तातो लागे पछि आफ्ना पशु चौपायाकासाथ यस पाटन क्षेत्रतिर लाग्ने गर्दछन् ।

तर, हिउँद लागेसँगै चिसो अत्यधिक बढ्न थालेपछि पाटन सुनसान हुन थाल्छ। अत्यधिक चिसोको कारण सबै पशु चौपाया तल्लो बेसीतर्फ झर्न बाध्य हुन्छन्। गाई, भैँसी, भेडा-बाख्राहरू चिसो सहन नसक्ने भएकाले हिउँद सुरु हुनासाथ बेसीका न्यानो ठाउँतर्फ सारिन्छन्। यसै कारण, पाटन र खर्कहरू अहिले उजाड र सुनसान देखिएका हुन् ।

यस क्षेत्रका बासिन्दाहरूका लागि लखु पाटनको महत्त्व गर्मी र वर्षाका लागि मात्र सीमित रहने गरेको छ, जब यहाँको हावापानी पशु चौपायाका लागि उपयुक्त हुन्छ। हिउँदमा पाटनको चिसो र कठोर मौसमका कारण यहाँका मानिसहरू र पशुहरूले न्यानो ठाउँ खोज्न तलका बेसीहरूमा झर्ने परम्परा पुरानो रहँदै आएको छ।

शनिबार, १ मंसिर, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान