file photo

गुल्मीमा पछिल्लो समय कृषि तथा पशुपालनमा युवाहरूको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारबाट फर्किएर युवाहरूले गाउँमै कृषि उद्यम गरिरहेका छन् । उनीहरूले विदेशमा भन्दा पनि बढी आम्दानी पनि गरिरहेका छन् ।

धुर्कोट गाउँपालिका–१ नयाँ गाउँका चन्द्र ताम्राकारले १७ वर्षसम्म विदेशी भूमिमा पसिना बगाउनुभयो । १७ वर्षसम्म विदेशमा पसिना बगाएर आर्थिक आर्जन गर्नुभयो । उहाँ अहिले गाउँ फर्किएर बाझिएको जग्गामा खुर्सानी खेतीसँगै बाख्रापालन व्यवसाय सुरु गर्नुभएकोले छ । यहाँको हावापानीसँगै बजारीकरणको राम्रो सम्भावना भएको हुँदा २० रोपनी जग्गामा अकबरे खुर्सानीको खेती सुरु गरेको उहाँको भनाइ छ ।

प्रतिकेजी २५० रुपैयाँको दरले घरबाटै खुर्सानी बिक्री हुने र वार्षिक १५ लाख आम्दानी हुने ताम्राकार बताउनुहुन्छ । उहाँको फर्मबाट अहिले तीन जनाले स्थायी रुपमा रोजगार पाएका छन् भने आवश्यकता अनुसार अन्य स्थानीयले पनि रोजगार पाएका छन् ।

राज्यको सेवा सुविधाबाट बञ्चित भएका नव कृषि उद्यमीलाई कृषि ज्ञान केन्द्र गुल्मीले खोजी खोजी राहत र अनुदान दिने गरेको कार्यालय प्रमुख नवराज भण्डारी बताउनुहुन्छ ।

धुर्कोट गाउँपालिकाले पनि किसानलाई उसको माग अनुसार सहयोग गरिरहेको अध्यक्ष भुपाल पोखरेलको भनाई छ । उहाँले बजारीकरणको लागी गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

एउटा अकबरे खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्दछ । वन्यजन्तुले नोक्सानी नपुराउने, लगानी कम र आम्दानी धेरै अकबरे खुर्सानीमा हुने उहाँको अनुभव छ । विदेशमा कमाएको सीप धन आफ्नै माटोमा प्रयोग गर्न अन्य युवालाई उहाँ सुझाउनुहुन्छ ।

बिहिबार, २९ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान