file photo

बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ। सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका-१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो। बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ।

पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो।

‘हामी दैलेखबाट बसाइ सरी बाँके आएको झण्डै दुई दशक भयो, अहिलेसम्म यहाँ कोदोखेती भएको देखेको थिइन’, बाँके सैनिकका रामबहादुर बुढाले भने, ‘गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ।’

सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो। उनले भने, ‘एक/दुई प्रजातिबाहेकका प्रजातिको सफल खेती भएको छ।’ उनले मङ्सिरको पहिलो सातातिर कोदो काट्ने योजना रहेको बताए।

उनले भने, ‘कोदोखेतीको सफल परीक्षणले हामीलाई उत्साहित बनाएको छ। आगामी दिनमा तराईमा पनि कोदो उत्पादन गर्न सकिने सम्भावना देखिएको छ।’

बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन्।

‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो, उहाँहरु मङ्सिर पहिलो साता आउनुहुनेछ, उहाँहरु आएपछि टिप्ने योजना बनाएका छौँ’, बस्नेतले भने।

रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उनको भनाइ छ।

विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैंक स्थापना गरिएको थियो। जिन बैंकका सचिवसमेत रहनुभएका घरबास सञ्चालक संघका महासचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदोखेतकिो सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताए।

जिन बैंकले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ। रासस

बुधबार, २८ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे