बाजुराको उच्च हिमाली भेगमा रहेका चार वटा स्थानीय तह र छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका हिमाली क्षेत्रमा बसोबास गर्ने भेडा पालक स्थानीय चिसो बढ्न शुरु भए सँगै बेसी झर्न थालेका छन् ।

हिउँदयामको सुरुवाती चरणमै चिसो शुरु भएपछि हिमाली भेगमा बसोबास गर्ने भेडापालक भोटे जातीहरू चिसो छल्न बेसी झर्न थालेका हुन् ।

जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँका छिरीङ्क भोटेले हिमाली भेगमा अत्यधिक चिसो बढेको र हिमपात शुरु हुने समय लागेकाले गाउँमा बस्न निकै समस्या हुने भएपछि बालबालिका तथा चौपाया समेत साथमा बोकेर बेसी तिर झर्न शुरु गरेको बताउनुभयो ।

चिसो मौसम शुरु भए सँगै हिमाली क्षेत्रका स्थानीय प्रत्येक बर्ष हिउँदे खेती लगाएर मङ्सिरको अन्तिम तिर बेसी झर्ने गरेका भए पनि यश बर्ष छिटै चिसो बढ्न थालेको भन्दै कार्तिक दोस्रो साता बाटै बेसी झर्न शुरु गरेका छिरिङ भोटेको भनाइ छ। यसरी बेसी झर्ने स्थानीय भोटे जातिहरू साथमा वृद्ध,वृद्धा बालबालिका सहित परिवारसँगै भेडा, च्याङ्ग्रा र बस्तु भाउ समेत साथमा ल्याएर जिल्लाको दक्षिणी भेगमा पर्ने बार्जुगाड ,सेरा, मालागाड, कालाआम,अछामको साँफे बगर,मेल्लेख,दर्ना लगाएतका विभिन्न ठाउँमा करिब ६ महिना बसोबास गरि वैशाख देखि पुनः आफ्नै गाउँको लेक तिर बसाइ सर्ने प्रचलन रहेको छ।

बसाई सर्ने क्रममा उनीहरू गन्तव्य नपुगुन्जेल नदी खोला किनार र भेडा च्याङ्ग्राको चरन भएको ठाउँमा बास बस्दै अगाडि बढ्ने गर्छन् ।

मङ्लबार, २७ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे