file photo

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गर्नुभएको छ ।

युएन वुमनद्वारा आज राजधानीमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री डा राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैङ्गिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताउनुभएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “मलाई लाग्छ नेपालका महिलाहरूले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारहरूको बीजारोपण ३० वर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो । सो चौथो विश्व महिला सम्मेलनले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला विरुद्धका हिंसाको उन्मूलनलगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो ।”

सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाहरूले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन स्वास्थ्यदेखि धेरै अधिकारहरू महिलाले संवैधानिक रूपमै प्राप्त गरेका उहाँले बताउनुभयो ।

सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैङ्गिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै काम गर्न भने बाँकी रहेको मन्त्री डा राणाको भनाई थियो ।

उहाँले भन्नुभयो “महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ । यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भई अघि बढ्नुपर्छ ।”

मन्त्री डा राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालविवाहमा न्यूनीकरण एवं सम्पत्तिमा महिला अधिकार आदि क्षेत्रका सूचकाङ्कमा नेपालले प्रगति गरेको उल्लेख गर्नुभयो ।

उहाँले हाम्रा नीतिहरू लैङ्गिक दृष्टिकोणलाई मूल प्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाहरूप्रति केन्द्रित रहेका जानकारी दिनुभयो ।

मन्त्री डा राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको धारणा राख्नुभयो ।

आफ्नै उदाहरण प्रस्तुत गर्दै उहाँले भन्नुभयो “बढ्दो डिजिटल युगसँगै गलत सूचनाहरूले महिलालाई बढी सिकार बनाएको मेरो अनुभव छ । जस्तो कि यहाँ मेरा बारेमा पनि कति धेरै गलत सूचनाहरू सम्प्रेषण गरिएका थिए । विश्वका महिला नेतृहरूको पनि यस्तै अनुभव रहेछ । म हालै सहभागी भएको क्यानडा र संयुक्त राष्ट्रसङ्घीय महासभामा विश्वका महिला नेतृहरूले पनि यो अनुभव सेयर गर्नुभएको थियो ।”

उहाँले यी सबै खाले चुनौतीका विरुद्धमा लडेरै अघि बढ्नुपर्ने भनाई राख्नुभयो । उहाँको भनाई थियो “महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ । हामीले दिशा पनि निर्धारण गरेका छौँ । हामीले कामका लागि गति सिर्जना गरेका छौँ । तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयासहरू हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ ।”

सबै खाले चुनौतीहरूको पहिचान गरी कति वर्षमा के कसरी समाधान गर्ने भन्ने स्पष्ट खाका एवं कार्य योजना नै बनाएर अघि बढ्नुपर्ने उहाँको धारणा थियो ।

सोमवार, २६ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे