काठमाडौको कमलपोखरीस्थित आदिनाथ दिगम्बर जैन मन्दिरमा महावीर स्वामीको निर्माण महोत्सव एवं दिपावली पर्वमा १०८ दिपक महाआरती कार्यक्रम आयोजना गरीयो । जैन मन्दिर काठमाडौमा भगवान महावीरको २५ सय ५१ औ निर्वाण दिवस जैन मन्दिर कमिटीको आयोजनामा भव्य रुपमा भक्तिभावको साथमा मनाईएको हो । यो निर्वाण दिवसको छुट्टै महत्व रहेको जैन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीले बताउनुभयो ।

विहान अभिषेक शान्तिद्वारा पूजापाठ र भगवानलाई निर्वाण लड्डु अर्पण गरीएको थियो । यो कार्यक्रमको शुभअवसर महावीरप्रसाद शान्तिदेवी काला परिवार राचीले जुराई दिनुभएको थियो । बेलुकीको १०८ दिप प्रज्वलन महाआरती समेत गरिएको थियो । जैन मन्दिर परिसरमा दिप प्रज्वलन गरी झिलीमिली बनाइएको थियो । अध्यक्ष जैन सेठीका अनुसार भगवान महावीरको जयकारसहित मन्दिरमा भगवानको पूजा आजा गरीएको थियो । महाप्रसाद काला राचीले शानदार रुपमा भजन प्रस्तुती दिनुभएको थियो । यो महोत्सवको अवसरमा सम्पूर्ण जैन धर्मावलम्बि र मन्दिर कमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको सहभागिता थियो । सबै कार्यक्रम भक्तिभाव र उमंगकासाथ सम्पन्न भएको थियो । पूजापाठा विश्व समूदायबीच शान्तिको कामना गरीएको थियो ।

शनिबार, २४ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान