छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ ।

यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ । विगतमा तराई मधेशका जिल्लामा मात्र मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकासहित देशभर मनाउने गरिएको छ । बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन् । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको मुख्य दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

काठमाडौँ महानगरपालिकाका उल्लेखित स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा भइरहेको मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् । यसमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले जानकारी गराएका छन् ।

यो जानकारीका साथ मेयर शाहले भनेका छन्, ‘तराईका केही क्षेत्रकेन्द्रित मनाइने छठ पर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । सद्भाव अनि भ्रातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारमा तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबीच अस्ताउँदो र उदाउँदो सूर्यको लाली किरणलाई दूधको अर्घ्य दिएर मनाइन्छ ।’

छठ पर्वको दोस्रो दिन आज (बुधबार) ‘खरना’ हो । पर्वको पहिलो दिन मंगलबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको थियो । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाई व्रतालुले त्यही खीर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ । आज दिनभरि उपवास बस्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् ।

गौरीघाट, वडा ८

– कोटेश्वर दोभान, वडा ३२

–कमलपोखरी, वडा १

–वंशीघाट, वडा ११

– बालाजु बाइसधारा, वडा १६

–धौखेल खोला, वडा १३

–कुमारी क्लब, वडा १४

–भुवनेश्वरी मन्दिर, वडा १

बुधबार, २१ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान