जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका ८ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् ।

विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो । तर ८÷१० वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए ।

तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए । दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको उनको भनाइ छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन प्रयोग किसानले जनाएका छन् ।

यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलङ्गा बजारमा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।

हाल यहाँ कोदोको पिठो प्रतिकिलोग्राम १५० रुपैयाँमा किनबेच भइरहेको छ । कोदोको दाना प्रतिकिलो १२० रुपैयाँमा बिक्छ । कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार हाल ३ हजार ७ हेक्टरमा कोदोखेती हुने गरेको जनाएको छ ।

आइतवार, १८ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान