खाद्य प्रणालीमा जलवायु परिवर्तनको दुष्प्रभाव रोक्न र जनताको खाद्य अधिकार सुनिश्चितताका लागि दीर्घकालीन नीति तथा कार्यक्रमको माग गर्दै आज काठमाडौमा प्रदर्शन गरीएको छ । जलवायु तथा खाद्य अधिकार अभियन्ताहरुले भर्खरै नेपालमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र त्यसले कृषि क्षेत्रमा पु¥याएको क्षतिको पूर्तिका लागि नेपाल जस्ता अतिकम विकसित राष्ट्रको आवाज अन्तराष्ट्रिय स्तरमा हुने जलवायु छलफलमा पनि उठाउन माग गर्दे शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । एशिया महादेशका विभिन्न देशहरुमा आजकै दिन आयोजना भइरहेको खाद्य अधिकार र जलवायु न्यायका सन्दर्भमा काठमाडौंमा पनि ऐक्यबद्धता स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
अहिले पनि विश्वमा करिब एक अर्ब मानिस खाद्यान्नको अपर्याप्तताका कारण भोकै रहन बाध्य भएको सहभागिहरुले बताएकाछन् । एशिया महादेशमा मात्र विश्वका कुल अल्पपोषित जनसंख्याको झण्डै ५५ प्रतिशत मानिस भोकको अवस्थाबाट गुज्रिरहेका छन् । खाद्यान्नको अपर्याप्तताको मुख्य कारणहरुमा ठूला बहुराष्ट्रिय कम्पनीहरुले कृषि क्षेत्रमा खेलेको भूमिका उल्लेखनिय भएको र जसका कारण कृषि क्षेत्रमा नै उनीहरुको एकाधिकारको वृद्धि हुँदै गएको सहभागिहरुको आरोप छ । उनीहरुको नाफाका निमित्त विभिन्न देशका सरकार स्वयं नै त्यस किसिमको प्रवृत्तिको संरक्षण गरिरहेको पनि उनीहरुले बताए ।

खाद्यान्न क्षेत्रका डलर बिलिनियरहरुले प्रत्येक दुई दिनमा दस अर्ब डलर नाफा कमाइरहँदा विश्वका तीन अर्ब बीस करोड मानिस स्वस्थ र सुरक्षित खाना पाउनबाट बञ्चित भएको पनि सहभागिहरुले बताएकाछन् । वर्तमान खाद्य प्रणाली दिगो वा जलवायु अनुकुल नभएको नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का भानु पराजुलीले बताउनुभयो । उहाँले नेपालको कृषि जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूको चपेटामा परेको, जसले वातावरणीय ह्रासलाई बढाएको र कृषि अभ्यासहरूको दिगोपनलाई खतरामा पारेको समेत बताउनुभयो । सरकारले खाद्य प्रणालीलाई जलवायु संकटको प्रभावसँग अनुकूलन गर्ने कार्यक्रमहरू मात्र कार्यान्वयन गर्न नहुने र तिनीहरूले दिगोपन पनि सुनिश्चित गर्नुपर्ने नेपाल ट्रेड युनियन महासंघका सुमन पराजुलीको भनाई थियो ।

गरिबी उन्मुलनका लागि दक्षिण एशिया मञ्च (सापे) का प्रमाण अधिकारीले सरकारले औद्योगिक कृषिको प्रभावशाली मोडेलहरूबाट पछि हट्ने, आयातमा परनिर्भरतालाई स्वीकार गर्ने र घरेलु आवश्यकताहरूका लागि मुख्य खाद्यान्न उत्पादनलाई उच्च प्राथमिकतामा राख्ने नयाँ राष्ट्रिय खाद्य प्रणालीहरू निर्माण गर्ने समय आएकोमा जोड दिनुभयो । नेपालमा जलवायु परिवर्तन र खाद्य असुरक्षाको कारण विशेष गरी महिलाहरु दोहोरो मारमा परेको सहभागिहरुले बताए । खाद्य उत्पादनमा एशियाका ५० प्रतिशत महिलाहरुको भूमिका रहने तथ्यांक छ । नेपाल सरकार, कृषि मन्त्रालयमा ज्ञापन पत्र बुझाउने योजना अनुरुप कार्यक्रममा खाद्य अधिकार र जलवायु न्याय सम्बन्धि माग पत्रको वाचन पनि गरिएको थियो । कार्यक्रमका संयोजक सगत भट्टराईले सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षणकोलागि माग पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिनुभएको थियो ।

सोमवार, ५ कार्तिक, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !