चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षातका कारण रोकिएको जीप सफारी आज ( बिहीबार)को दिनदेखि सुरु गरिने भएको छ । हरेक वर्षझैँ यसवर्ष पनि असार १६ गतेदेखि निकुञ्जभित्रको सफारी रोकिएको थियो ।

लामो समय वर्षात भएका कारण निकुञ्जभित्रको सडक र पुल मर्मत एवं झाडी सफा गर्ने काम गर्न कठिन भएपछि केही ढिला गरी निकुञ्ज खोलिएको हो । गत वर्ष असोज १६ गतेदेखि जीप सफारी खुल्ला गरिएको थियो । निकुञ्ज बाहिरका सामुदायिक वनमा भने वर्षातमा समेत पर्यटकीय गतिविधि हुने गर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चाडपर्वमा घुम्न आउने पर्यटकलाई लक्षित गरी सबै सडक सफा गर्न नसकिए पनि सफारी खुल्ला गरिएको हो । निकुञ्जभित्र सबैभन्दा बढी सौराहाबाट ३२ जीप चल्ने गर्दछन् । कसराबाट २०, मेघौलीबाट नौ, माडीबाट एउटा, नवलपरासीको अमलटारीबाट ६ तथा कुजौलीबाट दुईवटा जीपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् ।

निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जीप सफारी हो । अन्य गतिविधि डुङ्गा सफारी, चरा हेर्ने ९बर्ड वाचिङ्० लगायतका गतिविधि भने सबै समय खुल्ला हुने गर्दछ । सफारी पर्यटनका लागि नेपालको महत्वपूर्ण गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । सफारी गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

बिहिबार, २४ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान