पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ। पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ। यसबाहेक दसैँमा खसीबोकाकोसमेत राम्रो बिक्रीवितरण हुने गर्दछ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका अनुसार दसैँमा १५ हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा र खसीबोका चार हजार हाराहारीमा बिक्री गर्न ल्याइएको हो। यस वर्ष गत वर्षभन्दा तीन हजार बढी भेडा, च्याङ्ग्रा ल्याइँदैछ। गत वर्ष आठ हजार पाँच सय खसीबोका ल्याइकामा यस वर्ष घटेको छ।

‘हामीले लिएको तथ्याङ्कअनुसार यस वर्ष १९ हजारको हाराहारीमा पोखरामा खसीबोका र भेडाच्याङ्ग्रा पोखरामा बिक्रीका लागि ल्याइएको छ। मुस्ताङ र म्याग्दीस्थ्ति भेटेरिनरी अस्प्तालमा कति बाहिरिए भन्ने तथ्याङ्क र बजारमा व्यापारीसँग जानकारी लिएका छौँ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने।

पोखरामा मुख्यगरी मुस्ताङ, डोल्पा, रोल्पाबाट भेडा, च्याङ्ग्राको आयात हुने गर्दछ। त्यसबाहेक सुदूरपश्चिमका बझाङ, मुगु, बाजुरालगायत क्षेत्रबाट यहाँ बिक्रीका लागि ल्याउने गरिएको छ

पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्ष खसी/ बोकाको बिक्री घटेको बताए। माग कम भएपछि आफूहरुले आयातसमेत घटाएको उनले बताए। श्रेष्ठले भने, ‘अघिल्ला वर्षमा हामीले आठ/नौ हजारजति खसीबोका ल्याउने गरेका थियौँ। तर अहिले माग छैन। पहिलाकोभन्दा आधामात्र ल्याएका छौँ।’

पोखरामा तनहुँ, गोरखा, पाल्पा, अर्घाखाँची र नवलपरासीबाट मुख्यगरी खसीबोका आयात हुने गर्दछ। केही व्यापारीले दाङ र सुर्खेतबाट ल्याउने गरेका छन्। दसैँतिहारका लागि भनेर पोखरामा बिक्रीका लागि ल्याइएका भेडाच्याङ्ग्राको अनुगमन तथा स्वास्थ्य परीक्षणसमेत गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र पोखरा महानगर पशुसेवा शाखाले संयुक्त रुपमा अनुगमन तथा भेडा, च्याङ्ग्राको स्वास्थ्य जाँच गरेका हुन्।

पोखरा महानगरपालिका–१ सिमपानी तथा जौवारीमा पशु चिकित्सकसहितको प्राविधिक टोलीले नमुनाका रुपमा च्याङ्ग्राको परीक्षण गरेको हो। परीक्षण गरिएको भेडा र च्याङ्ग्रा खानका लागि स्वस्थ र योग्य पाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख पाण्डेले बताए।

‘सुरुआतमै रोग लागे नलागेको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्रीका लागि आउने ल्याउने गरिएको छ। मुस्ताङ र म्याग्दीमा परीक्षण गरेर पोखरा ल्याइन्छ। बाटोमा सामान्य चोटपटक लागेको हुन सक्छन्। अन्य समस्या देखिएको छैन’, उनले भने।

पोखरा महानगर पशु शाखाका प्रमुख डा अषेशराज विकले पोखरामा ल्याइने गरेका भेडा, च्याङ्ग्रा स्वस्थ रहेकाले निर्धक्क भएर उपयोग गर्न सकिने बताए।

अनुगमनका क्रममा स्वास्थ्य परीक्षण गर्दा एकाधमा चोटपटक लागेको देखिएको बाँके अन्य सङ्क्रामक रोग देखिएको छैन। ‘पोखरामा ल्याइएका भेडा, च्याङ्ग्रा स्वस्थ रहेका छन् । खर्कमा हुर्किएकाले समस्या देखिएको छैन’, पशुचिकित्सक विकले भने।

नेपाल पशु स्वास्थ्य ऐनले गरेको व्यवस्थाअनुसार पशु ढुवानीअघि दर्तावाल पशु चिकित्सकले जाँच गरेर स्वस्थ रहेको प्रमाणित गरेपछि मात्र ढुवानी गर्न पाइन्छ।

‘जहाँबाट हिँडाइन्छ त्यहीँ नै स्वास्थ्य परीक्षण गरेर रोगी छ भने त्यहीँ रोकिन्छ’, पाण्डेले भने। दसैँको समयमा हिमाली क्षेत्रबाट ल्याइएको च्याङ्ग्राको मासु लोकप्रिय मानिन्छ। चिसो हावापानीमा हुर्किएका र जडीबुटीसमेत खाएका कारण मासु स्वादिष्ट र स्वास्थ्यवर्दकसमेत रहेकाले रोजाइमा पर्ने गरेको छ। रासस

बिहिबार, २४ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान