विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ भएको छ। यो क्षेत्र आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले भरिएको हो। लुक्ला विमानस्थलमा एकैदिन २०० उडान भएका छन्।

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौंबाट १९८ वटा उडान भएका हुन्। हवाईजहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन्। यो दिन एक हजार ५३९ जना पर्यटक खुम्बु भित्रिएका छन्।

हवाईजहाजबाट १६७ स्वदेशी र ६६७ जना विदेशी गरी आठ सय ४ तथा हेलिकप्टरबाट ६९५ पर्यटक लुक्ला ओर्लिएका पन्थीले बताए। पर्यटक आगमनको याम शुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनले बताए। यद्यपि पर्यटक लिएर काठमाडौँ र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन्। लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्किनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए।

पदयात्राको याम शुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए। ‘अहिले हामीलाई पाहुनाको सत्कार गर्न भ्याइनभ्याइ छ’, उनले भने।

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन्। त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन्। सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए।

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ।

बुधबार, २३ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !