मारवाडी सेवा समिति नेपालले आज एक कार्यक्रमकाबीच निःशुल्क कृत्रिम खुट्टा बितरण गरेको छ । मारवाडी सेवा समितिले प्रत्येक हप्ता शारिरीक रुपले अशक्त अर्थात अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क रुपमा कृत्रिम खुट्टा बितरण गर्दे आएको मारवाडी सेवा समिति नेपालका अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए । निःशुल्क रुपमा कृत्रिम खुट्टा बितरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष अग्रवालले नेपालको दुर्गम कर्णाली प्रदेश, दुर्गम जिल्लाका बासिन्दा र भारतका बिभिन्न ठाउँका बासिन्दालाईसमेत कृत्रिम खुट्टा बितरण गरेको बताए । उन्ले हालसम्म ६ हजार ५ सय शारिरीक रुपले अशक्त व्यक्तिलाई कृत्रिम खुट्टा प्रदान गरेको बताए ।

खुट्टा प्रदान गरीएका व्यक्तिहरु सहजरुपमा हिड्डुल गर्न सक्ने भएका छन भने सहजरुपमा घरायसी काम गर्न सक्ने भएकाछन् । समितिले प्रत्येक हप्ता निःशुल्क खाना बितरणसमेत गर्दे आएको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिले पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले सामाजिक काममा अन्य समूदायभन्दा मारवाडी समूदाय अगाडी रहेको पनि उल्लेख गर्नुभयो । कृत्रिम खुट्टा बितरण कार्यक्रममा सुरक्षा निकायका प्रमुख, पशुपति बिकास कोष, मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालको सहभागिता थियो । त्यसैगरी बिभिन्न दुर्गम क्षेत्रबाट खुट्टा लगाउन आएका शारिरीक रुपले अशक्त व्यक्तिहरुको सहभागिता थियो ।

 

शनिबार, १९ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो