भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैंअघि नखुल्ने बताएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले पूर्वी तराईलाई जोड्ने छोटो दूरीको यो सडक मार्ग तत्काल खुल्न नसक्ने प्रष्ट पारेका हुन् ।

मन्त्रालयको टोलीले स्थलगत अवलोकन गरेर आएको भन्दै उनले दशैं अगाडि विपी राजमार्ग खुल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धारमात्र गरिनेछ । अन्य सवारीसाधन चलाउन सकिने गरी खुलाउन नसकिने अवस्था छ ।’

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी मन्त्रालयले दिएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाई यातायात सुचारु गरिएको छ । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको मन्त्रालयको भनाइ छ ।

प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको सचिव शर्माले बताए । उनले भने, ‘क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनस्र्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयको छ ।’
काठमाडौंबाट छुट्ने यात्रुवाहक बसलाई सडकको अवस्था हेरी सुरक्षित ढंगले उज्यालो समयमै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको मन्त्रालयले जनाएको छ ।

असोज १४ देखि कोजाग्रत पूर्णिमासम्म देशभर रुट परमिट खुला गरिएको छ । यसैगरी यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार, १८ अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो