आगो शब्द त्यसै पनि कडा छ । भनिन्छ आगोसंग नखेल्नु । तर, आज काठमाडौमा त्यस्तै आगोसंग खेल्ने काम भएको छ । अर्थात त्यसमा पनि आगोको बीउसंग । लाग्ला आगोको बीउ कसरी हुन्छ ? तर, नयाँघरेले यसपटक भने अन्य पुस्तक भन्दा कडा र नयाँ शैलीको पुस्तक पाठकबीच ल्याउनु भएको छ । जुन उहाँले पाठकहरुलाई दशैंको कोशेली भनेर नी परिभाषित गर्नुभएको छ । अझआगोको बीउ आगो झै भएर आएको बिश्लेषण गरेकाछन सहभागिले पनि । जुन रत्न पुस्तक भण्डारले पाठकको हातहातमा पुर्याउने संकल्प लिएर दशै अगाबै प्रकाशन गरेको छ ।

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औं कृति हो ‘आगोको बीउ’ । जुन निबन्ध संग्रहको आज लोकार्पण भएको हो । वरिष्ठ आख्यानकार, निवन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कृतिको एक भव्य कार्यक्रमकाबीच लोकार्पण गरेका हुन । धरावासीले आफुलाई सबैभन्दा बढी मनपर्ने विधा नै निवन्ध रहेको र ‘आगोको बीउ’ पढ्दा आफुलाई एकदमै आनन्द महशुस भएको बताए । निबन्धकार नयाँघरेलाई लेखन यात्रामा निरन्तर हिड्न र यस्ता कृति सृजना गरिरहन सुझाव दिदै उनले भने ‘साच्चै नै उहाँको लेखमा जादु छ ।

 

 

विषयलाई जस्ताको तस्तै लेख्ने क्षमता उहाँमा भएको बताउनुभयो । आगोको बीउ नाम जस्तो पढ्दा पनि त्यस्तै पाएको उन्को टिप्पणी थियो । आख्यानकार तथा निवन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भएपनि पुस्तकभरि यो शब्द बिम्वकोरुपमा प्रयोग भएको बताइन । यस्तै कवि, आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निवन्धहरुमा विचारको बिस्कुन देख्न सकिने भन्दै यो निवन्ध पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन ।

पुस्तकमा भूमिका लेखनसमेत गरेकी निवन्धकार तथा समालोचक कुमारी लामाले आफुलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन । ‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरु समेटिएको निवन्ध कृति आगोको बीउ हो’ उनले भनिन । यस्तै निवन्धकार तथा समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शिर्षकले नै तरंगित पार्ने बताउदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन । कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफु निवन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो । हिड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।’

२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा निबन्धका कृति आएका छन् । ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ ।
निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आफुलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् ।

बिहिबार, १० अशोज, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !