यो वर्ष (सन् २०२४) को १९ जुलाईयता ३० अगष्टसम्म ६ जिल्लाका ७५ जनामा हैजा पुष्टि भएको छ । पछिल्लोपटक २८ अगष्टमा रोल्पामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो वर्ष सबैभन्दा धेरै हैजा संक्रमित देखिएका छन् । ललितपुरमा ५० जनामा हैजा पुष्टि भएको छ । यस्तै, काठमाडौंमा १०, कैलालीमा आठ, रोल्पामा चार, प्युठानमा दुई र मकवानपुरमा एकजनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

संक्रमित हुनेमा ३५ जना महिला र ४० पुरुष छन् । १४ वर्षमुनिका १२ जनामा हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ । हैजा संक्रमणको मुख्य कारण दूषित पिउने पानी नै भएको ईडीसीडीले जनाएको छ ।

ईडीसीडीद्धारा सार्वजनिक रिपोर्टमा काठमाडौं र ललितपुरमा हैजा फैलिनुका कारणहरूमा शुद्धीकरण नगरिएको पिउने पानी, भारी वर्षापछि फुटेका ढल मिसिएको पानी,अव्यवस्थित सहरीकरण र असुरक्षित खानेपानीका स्रोतहरू भएको उल्लेख छ ।

आइतवार, १६ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !