पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडा गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् । तस्बिर ः सन्तोष गौतम / रासस

बर्खाको समय । जताततै हरियाली छ । त्यही हरियालीमा मनमोहक दृश्यहरू देखिन्छन् ।वन जंगलत र डाँडाँपाखातिरको हरियालीमा देखिने दृश्यहरूले जोकोहीलाई पनि आकर्षित गर्छ ।

वनपाखाका चरन क्षेत्रमा रहेका पाटन क्षेत्रहरू यतिखेर असाध्यै लोभलाग्दा हुन्छन् । तिनै पाटन तथा चरण क्षेत्रमा आहार खोजिरहेका पशुचौपायाहरूको बथानले पनि धेरैको ध्यान तान्छ । यस्तै, पाटनमा चरिरहेका सेडा भेडाहरूको बथानको दृश्यले यतिखर धेरैलाई आकर्षित गर्ने गरेको छ । यस्तै, तस्बिरहरू आज हामीले प्रस्तुत गरेका छौं ।

बुकी पाटनमा भेडा गोठाला : रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको दहखर्कको बुकी पाटनमा बुधबार भेडा चराउँदै ७२ वर्षीय गोठाला रनबहादुर बिक ।

गर्पाछेडाको भेडी गोठ : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् ।

ध्याले पाटनमा चर्दै गरेका भेडा : जाजरकोटको बारेकोट गाउँपालिका-४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ ।

भेडा चराउँदै किसान : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका –६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान ।

चरन क्षेत्रमा जाँदै भेडा : मुस्ताङको लेतेस्थित लेकाली चरन क्षेत्रमा जाँदै गरेका घुम्ती गोठका भेडाका बथान ।

बुकिमा चर्दै गरेका घोडा : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको चार हजार पाँच सय मिटरभन्दा माथि बुकिमा चर्दै गरेका घोडा, खच्चड ।

सुनदह र भेडी बथान : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् ।

फोटो: रासस

बुधबार, ५ भदौ, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा