file photo

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिएको बताएका छन । बिहीबार राष्ट्रिय सभा बैठकमा संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत भएको प्रश्नको जवाफ दिदै उक्त कुरा बताएका हुन ।

पर्यटन उद्योगमा परिणत गर्नका लागि मन्त्रालयको के कस्तो अल्पकालीन र दीर्घकालीन के छ भन्ने प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले नेपालको राष्ट्रिय पर्यटन रणनीति गुरुयोजना (२०१६–२५) को आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार तथा पहिचान, पदमार्गहरूको निर्माण, पर्यटकीय सहजताकाबारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू निरन्तर हुँदै आएको बताए ।

पर्यटन मन्त्री पाण्डेले भने, ‘‘पर्यटन रणनीति योजना ९सन् २०१६/२५० र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।’’

उनले पर्यटन बोर्डबाट एक सय वटा पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय विभागबाट पूर्वाधार निर्माणको कार्य भइरहेको पनि जानकारी दिए । उनले खप्तड विकास क्षेत्र कोष स्थापना सम्बन्धमा छलफल भइरहेको बताए ।

शुक्रबार, ३२ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !