नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुको विकल्प नरहेको बताएका छन् ।

भण्डारीले गृह जिल्लाको थर्पुमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञमा धारणा राख्ने क्रममा सो कुरा बताएका हुन् । देश हाँक्ने नेताहरुको गल्तीका कारण नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नबाट रोकि राखिएको भन्दै नेताहरु प्रति सांसद भण्डारीले आक्रोश पोखेका थिए ।

नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्दै गर्दा अन्य धर्म सस्कृतिको सुनिश्चिता हुनुपर्छ भन्ने विषयमा आफू प्रतिवद्ध रहेको र त्यसका लागि आफूलाई आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने समेत सांसद भण्डारीको भनाइ रहेको थियो । सनातन धर्म संस्कार र सभ्यताको दृष्टिकोणले नेपाल छिमेकी मुलुक चीन र भारत भन्दा पनि अग्रस्थानमा रहेको जिकिर समेत सांसद भण्डारीले गरेका थिए ।

विश्वका विभिन्न मुलुकहरुले धर्मका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाएको प्रसङग उल्लेख गर्दै सांसद भण्डारीले नेपालले समेत वैदिक सनातन धर्म सस्कृतिका माध्यमबाट मुलुक अर्थतन्त्र मजबुत बनाउने विषयमा कुनै द्धिविधा नरहेको बताएका थिए ।

देश भित्रका विभिन्न स्थानमा रहेका मठ मन्दिर र धार्मिक स्थलहरुको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा समेत सांसद भण्डारीले जोड दिएका थिए । वैदिक सनातन हिन्दू धर्म संस्कृतिको संरक्षणमा स्थानीयले चालेको अभियानको समेत सांसद भण्डारीले प्रंशसा गरेका थिए ।

बुधबार, ३० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे