file photo

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् (यूएनएससी)मा अफ्रिकाको स्थायी सदस्यताको लागि आह्वान गर्दै सुरक्षा परिषद्लाई विस्तार गर्न आवश्यक रहेको बताए ।

सोमबार आयोजित सुरक्षा परिषद् उच्चस्तरीय बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका प्रमुखले परिषद्को संरचना परिवर्तनशील विश्वसँग तालमेल राख्न असफल भएको भन्दै यसको सुधार आवश्यक रहेको बताएका छन् ।

“विश्वको प्रमुख शान्ति र सुरक्षा निकायमा एक अर्बभन्दा बढी जनसङ्ख्या भएको महाद्वीपका लागि स्थायी आवाजको अभाव छ भन्ने कुरा हामी अस्वीकार गर्न सक्दैनौँ साथै हामी महाद्वीप र विश्वभर शान्ति र सुरक्षाको प्रश्नमा अफ्रिकाको दृष्टिकोणलाई कम महत्व दिइएको कुरा पनि अस्वीकार गर्न सक्दैनौँ”, गुटेरेसले भने ।

पन्ध्र सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–चीन, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका र बेलायत–प्रत्येकसँग मतदानमा भिटो गर्ने क्षमता छ । बाँकी १० अस्थायी सदस्यता क्षेत्रीय रूपमा वितरण गरिएका छन् ।

मङ्लबार, २९ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे