भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गर्दैगर्दा छिमेक नीतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । विगतका दुई कार्यकालमा नेपाललाई उच्च महत्व दिएका मोदीले यो तेस्रो कार्यकालमा पनि उच्च महत्व दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन नभएको भए मोदी यही साउनमा नेपाल भ्रमणमा आउने तयारी थियो । तर, नेपालमा सरकार परिवर्तन भएको कारण उनको भ्रमण एकाएक रोकिएको चर्चा छ । अहिले भारतीय विदेश मन्त्रालयमा सचिव विक्रम मिश्री नेपाल भ्रमणमा छन् । उनी दुई दिने भ्रमणको लागि हिजोमात्रै काठमाडौं ओर्लिएका हुन् । उनी आजै साँझ नयाँ दिल्ली फर्किनेछन् ।

नेपाल बसाईको क्रममा उनले मुख्य राजनीतिक दलका नेतृत्वसँगपनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका विदेश सचिव मिश्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भने उनीहरुको निजी निवासमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले विदेश सचिवमार्फत भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको आधिकारिक निम्तो दिएका छन् ।

जवाफमा मिश्रीले छिट्टै मोदी नेपाल भ्रमणमा आउने विश्वास दिलाएका थिए । हिजो (आइतबार) सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्यमा भएको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय पक्षले पनि भ्रमणको लागि नेपाल सरकारबाट औपचारिक रुपमा नै निम्तो गरेकोले अब छिट्टै आवश्यक गृहकार्य गरेर भ्रमणको मिति तय गरिने जनाएको छ ।

सोमवार, २८ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !