Trending
भोटखोला युवा सरोकार मञ्चले भोटखोलाका प्रख्यात हिमाल आरोहिहरुलाई सम्मानित गरेको छ । आज काठमाडौमा एक कार्यक्रमकाबीच संखुवासभाको भोटखोला गाउँपालिकाका प्रख्यात आरोहिहरुलाई सम्मानित गरेको हो । पछिल्लो समय भोटखोला गाउँपालिकाका धेरै आरोहिहरु बिभिन्न हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम गर्दे आएकाछन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले पछिल्लो समय संखुवासभाको भोटखोला गाउँपालिकाका प्रत्येक घरमा आरोहि जन्मन थालेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले हिमाल आरोहण त्यति सजिलो नभए पनि पछिल्लो समयमा युवाहरुप्रति हिमाल अरोहण गरेर कीर्तिमान कायम गर्ने होड चलेको बताउनुभयो । उहाँले हिमाल आरोहीहरुले आफ्नो देश नेपाललाई विश्वसामु चिनाउन कीर्तिमान कायम गरे पनि सरकारले हिमाल अरोहिहरुको सुरक्षा र रोजीरोटीमा ध्यान नदिनु चिन्ताको बिषय भएको बताउनुभयो । बिमा,रोजगारी र औषधि उपचारको लागि कुैन निकायले ध्यान नदिएको नेपाल पर्वतारोहण संघले पटक पटक सरकारको ध्यानाकर्षण गराउदासमेत सुनुवाई नभएको गुनसो गर्नुभयो ।

तर, सरकारले नहेर्देमा आरोहिहरुले हिमाल आरोहण गर्न छाड्न नुहुने बताउनुभयो । उहाँले भोटखोलाका आरोहीसंग नेपाल पर्वतारोहण संघ सहकार्य गर्न इच्छुक रहेको भने उहाँले बताउनुभयो । कार्यक्रममा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले भोटखोला गाउँपालिकाका आरोहिहरुको क्षमता बिकासकालागि बिभिन्न प्रशिक्षण र तालिम सञ्चालन गरीने बताउनुभयो । उहाँले भोटखोला गाउँपालिकाका अरोहिहरुले एकपछि अर्को कीर्तिमान कायम गर्दे आएकोमा खुशी व्यक्त गर्दे भोटखोला क्षेत्रको बिकासकालागि सबै एकजुट भएर अगाडी बढ्न आह्वान गर्नुभयो । भोटखोला युवा सरोकार मञ्चका कार्यवाहक अध्यक्ष लाक्पा तेन्जेन भोटेले भोटखोलाका झण्डै एकसय बढी सगरमाथा आरोहिलाई सम्मानित गरेको जानकारी दिनुभयो ।
संस्थाका महासचिव सुन्दर भोटेले भोटखोलको बिकास, शिक्षा, स्वास्थ्य, युवा परिचालन र बिभिन्न क्षेत्रमा संस्थाले काम गरी रहेको बताउनुभयो । कार्यक्रममा कीर्तिमानी आरोही लाक्पा शेर्पा, मिङ्मा दोर्ची शेर्पा,जेनजेन लामा,पासाङ भोटे, ताप्चेन लामा, पेम्बा तेन्जिङ भोटे,पासाङ लामा लगायतका आरोहीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शेर्पा र भोटखोला गाउँपाकिालिका अध्यक्ष भोटेले सम्मानित गर्नुभएको थियो । कार्यक्रममा भोटखोला क्षेत्रका बिभिन्न आमा समूहरुले आ–आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए ।