Trending
डाक्टर भगवान कोइरालाले जीवनमा हातको भूमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हात नहुने बालबालिकालाई कृतिम हात दिएर सहयोग गर्दे आएको ई–नेबल नेपालको छैठौं बार्षिकोसोत्वको असरमा काठमाडौमा भएको कार्यक्रममा उहाँले हात गुमाएका र आर्थिक रुपले बिपन्न बालबालिकालाई हात दिएर उनीहरुको जीवनलाई सार्थक बनाउनु महत्वपूर्ण भएको बताउनुभयो ।
अहिले पनि दुरदराजका धेरै बालबालिकाले बिभिन्न दुर्घटना र जन्मजातसमेत हात गुमाउनु परेका धेरै घटना भएको भन्दै उहाँले त्यस्ता बालबालिकालाई हात दिएर जीवन उपयोगि बनाउन सक्ने क्षमता संस्थाले अभिवृद्धि गरेको बताउनुभयो ।
उहाँले भविश्यमासमेत हात नुहुने बालबालिकालाई संस्थाले निरन्तर सहयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । आफू पनि बालबालिकाको क्षेत्रमा काम गर्न इच्छुक भएकाले बालबालिकाकालागि छुट्टै अस्पताल निर्माणको क्रममा रहेको भन्दै ई–नेबल संस्थाको पुण्य कामलाई कुनै न कुनै रुपमा सहयोग पु¥याउने दोहो¥याउनुभयो ।

डा.कोइरालाले संस्थाले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै निरन्तरता दिन आग्रहसमेत गर्नुभयो । संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठले १६ बर्ष मुनिका हात गुमाएका झण्डै २ सय बढी बालबालिकालाई कृतिम हात बनाएर निःशुल्क बितरण गर्दा धेरै बालबालिकाको भविश्य उज्वल भएको बताउनुभयो । उहाँले भविश्यमा समेत संस्थाले अझ प्रविधियुक्त हातको परिकल्पना गर्दे यसलाई सर्वसुलभ र जिल्लातहमा पु¥याईने जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष हेमन्तराज गौतमले ई–नेबल नेपालले दुर्गम क्षेत्रका बालबालिकालाई काईनेटीक, क्वाउ प्रोस्थेटीक र क्वाउ प्रोस्थेटिक थर्मोपफर्म हात बितरण गरेको जानकारी दिनुभयो ।
संस्थाले हात नभएका कारण आफने जीवनमा आई पर्ने बिभिन्न समस्या भोगि रहेका र हात नभएकै कारण अपहेलीत भएका र शिक्षाबाट बञ्चित बालबालिकालाई निःशुल्क कृतिम हात बितरण गरी रहको छ । अझै पनि झण्डै ३५ भन्दा बढी बालबालिकालाई कृतिम हात लगाउन बाकी रहेको संस्थाले जनाएको छ । बार्षिकोत्सवको अवसरमा डा. कोइरालाले ९ बर्षिय डोमा तामाङलाई आजै कृतिम हात निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो । सो अवसरमा संस्थाले हातमा हात थप्दै हातेमालो गर्ने बिभिन्न बैकहरु, संघ संस्था र व्यक्तिलाई समेत सम्मानित गरेको थियो ।