file photo

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरु पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।

काठमाडौंमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौं साधारणसभा शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् ।

‘विद्यार्थीहरु पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभई ज्ञानपछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरु देश बाहिर जाने परिस्थिति सिर्जना भएको हो’, शिक्षामन्त्री भट्टराईले भनिन्, ‘राजनीतिक अस्थिरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरु बाहिरिरहेका छन् ।’

उनले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन् । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरु दुर्वल हुँदै गएको उनको भनाइ छ ।

शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रमलगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रमका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

शनिबार, २६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !