प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिलेकोभन्दा अझबढी शान्ति आवश्यक भएको बताएका छन् । धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृहस्थ जीवनसम्बन्धी प्रशिक्षणका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता र परोपकारभाव अति आवश्यक भएकाले बौद्धशिक्षा अझ सामयिक भएको बताए ।

दम्भको मार्ग त्यागेर मानवनीयता र आत्मीयता अवलम्बन गर्न सके विश्वमा शान्ति कायम हुने र पृथ्वीको पनि रक्षा गर्न सकिने प्रधानमन्त्री ओली बताए । “आज विश्वमा उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति छाएको छ । आफ्नो जिद्धीका लागि निर्दोष मान्छेमाथि पनि कसले कतिबेला कहाँ सशस्त्र आक्रमण गर्नेहो भन्ने भयको वातावरणमा बस्नुपरेको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ,’’ उनले भने ।

उनले परस्पर बेमेल र अशान्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा व्यक्त गरे । विहारका प्रमुख धम्मवतीले प्रधानमन्त्रीको आरोग्यको कामना गर्दै उनको नेतृत्वमा देश समृद्धिको पथमा अग्रसर हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए ।

शनिबार, २६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान