उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएको छ । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय तथा अन्तरराष्ट्रिय फोरममा सहयोग लगायतका विषयमा छलफल भएको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ठ र सुमधुर सम्बन्ध रहिआएको बताए ।

दुई मुलुकबीच स्थापना भएको संयुक्त आर्थिक आयोग र द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र मार्फत् सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ ’ उन्ले भने । ‘दुई मुलुकबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धका सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको उन्को भनाई छ ।’
उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तार गर्नु पर्ने पनि बताए । उन्ले भने , ‘लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका धेरै क्षेत्रमा दुवै देशले मिलेर काम गर्न सक्छन् । उन्ले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको उल्लेख गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न नेपालले उद्योग विभागमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना समेत गरेको बताए ।

‘जलविद्युत, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्दछ’ उन्ले भने । ‘नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रम पीटीएपी अन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा पाकिस्तान सरकारलाई उपराष्ट्रपति यादवले धन्यवाद दिए ।

उपराष्ट्रपति यादवले नेपालले पाकिस्तानी पर्यटकहरूको लागि आकर्षक पर्यटकीय उत्पादन र सेवाहरू प्रदान गर्दै आएको उल्लेख गर्दै नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले धेरै ठूलो सङ्ख्यामा पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गरे । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममा सहयोगको सन्दर्भमा उन्ले ‘धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण छ र हाम्रा चासोहरू बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा छन् । दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र सार्कलगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य गर्दै आएका छन् ।’
उपराष्ट्रपति यादवले दक्षिण एसियाका जनताको शान्ति, समृद्धि र बृहत्तर हितका लागि सार्क अगाडि बढ्नु पर्ने पनि बताए । ‘ सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपालले रोकिएको सार्क प्रक्रियालाई पुनः सुचारु गर्न हरसम्भव प्रयास गरिरहेको छ ’ उन्ले भने ।

यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ ।’ उन्ले दक्षिण एसियाको हिन्दु–कुश हिमालय क्षेत्रले विश्वव्यापी रुपमा उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेकोमा चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनको प्रतिकूल प्रभावसँग लड्न दुवै देश मिलेर काम गर्नुपर्ने बताए ।

पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबिच घनिष्ठ सम्बन्ध रहेको र दुई मुलुक एक अर्काको सार्वभौमिकताको सम्मान गर्दै आएको उल्लेख गर्दै सार्कमा नेपालको भूमिका सराहनीय रहेको बताए । ‘नेपाल र पाकिस्तानबिच धेरै संयुक्त कार्य समूहहरू क्रियाशील रहँदै नेपालको पर्यटन, कृषि र ऊर्जा लगायतका क्षेत्रका काम गरिरहेका छन् ’ उन्ले भने । ‘नेपालले हालै आयोजना गरेको लगानी सम्मेलनमा आठ पाकिस्तानी लगानीकर्ता सहभागी भएकोमा एकले नेपाल सरकारसँग लगानी सम्झौता नै गरिसकेको बताए ।

शुक्रबार, २५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे