नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकार र प्राधिकरणबीच कुनै मतभेद नरहेको बताएका छन् । आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा उनले सरकार र प्राधिकरणबीच मिसअन्डस्ट्यानिङ नभएको बताएका हुन् । उनले प्राधिकरण पनि सरकारकै अंग भएको बताउँदै सरकारको निर्देशन ग्रहण गरिरहेको बताए ।

उनले प्राधिकरणले कहिले पनि सरकारको विरुद्धमा काम नगरेको पनि प्रष्ट पारे । डेडिकेटेड ट्रङ्क लाईन विवादका सन्दर्भमा सरकारले विभिन्न समयमा समितिहरु गठन गरेर अनुसन्धान गरेको र प्राधिकरणले पाउनुपर्ने पाउनुपर्छ भनेर निर्णय गरेको उनले बताए ।

‘त्यस्तो कुनै मिसअन्डस्ट्यानिङ भएको छैन । विद्युत प्राधिकरण सरकारकै एउटा अंग हो । प्राधिकरणले गरेका र सरकारले दिएका निर्देशनहरु प्राधिकरणले पनि ग्रहण गर्नुपर्ने हुन्छ । हामीले सरकारको विरुद्धमा काम गरेजस्तो पनि लाग्दैन । सरकारले पनि विद्युत प्राधिकरणले नाजाहेज काम गर्यो भनेर अहिलेसम्म भनेको छैन । उहाँहरुले पनि पटक–पटक छानविन समिति गठन गरेर प्राधिकरणले लिनुपर्ने विषयहरुलाई लिनुपर्छ भनेर नै पठाउनु भएको छ,’– उनले भने ।

पछिल्लो समय प्राधिकरणले डेडिकेटेड ट्रङ्क लाईन बक्यौता भुक्तानी विवादमा ६ वटा उद्योगको लाइन काटेको थियो । सोही विषयमा सरकार र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच सम्बन्ध चिसिएको धेरैको अनुमान थियो ।

शुक्रबार, २५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान