file photo

बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ। केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन्।

वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका-७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका छन्।

भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए।

सात लाखको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए। यस वर्ष बजारीकरणमा कुनै समस्या आएन भने सात लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए।

जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताए।

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौंलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उनले जानकारी दिए। रासस

शुक्रबार, २५ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान