Trending
प्रतिनिधिसभाका सांसद एवं पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहल आफनो एक वर्षको तलव आँखा अस्पताललाई दिएका छन् । उनले हेटौँडा सामुदायिक आँखा अस्पताललाई नौ लाख ९९ हजार ९९९ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद सिंहले मंगलबार आफ्नो एक वर्षको तलबमा तीन लाख ८७ हजार रुपैयाँ थप गरेर अस्पताललाई नौ लाख ९९ हजार ९९९ रुपैयाँ हस्तान्तरण गरेका हुन् । सांसद सिंहले उक्त सहयोग रकमको चेक तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइत र अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गरे ।
सहयोग रकम हस्तान्तरण गर्दै सांसद सिंहले आफूले चुनावमा जनतामाझ गरेको वाचाको रूपमा पहिलो वर्षको तलब जनताका लागि हेटौँडा सामुदायिक आँखा अस्पतालमार्फत उपलब्ध गराउने घोषणा पूरा गरेको बताए । उनले अस्पतालले मकवानपुरमा मात्र नभई मकवानपुरको छिमेकी जिल्लाहरूमा समेत सेवा प्रदान गरिरहेकाले आफूले यो सहयोग गरेको बताएका छन् । सहयोग रकमको चेक बुझ्दै तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले सांसद सिंहको सहयोगले आर्थिक अवस्था कमजोर भएका जनताले सेवा पाउने विश्वास दिलाए ।