पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ ।

केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए ।

‘गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको छ’, उनले भने, ‘यो वर्ष यहाँ पाँचदेखि सात प्रतिशतसम्म धान धेरै फल्ने अनुमान गरेका छौँ ।’

केन्द्रका अनुसार हालसम्म पर्सामा ४२ हजार तीन सय ९२ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।

पर्सामा ४७ हजार एक सय तीन हेक्टरमा धानखेती हुने गरेको छ । गण्डक नहरबाट पनि समयमा नै पानी उपलब्ध भएकाले रोपाइँ सहज भएको हो ।

पर्सामा आव २०७८र७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यहाँका किसानले हरदिनाथ, सोनामन्सुली र सावित्री जातका धान रोप्दै आएका छन् ।

आइतवार, २० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो