file photo

नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधि प्राप्त गरेको छ । विभिन्न देशहरुको नोमिनेशनबाट नेपालले ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेशन’ को उपाधी प्राप्त गरेको हो ।

ट्राभल वल्र्ड अनलाइन (टीडब्लुओ) ले भारतको नयाँ दिल्लीमा साउन १८ गते आयोजना गरेको कार्यक्रममा नेपाललाई ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को रूपमा सम्मान गरेको हो ।

नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटनकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भन्ने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए । साथै अवार्डले नेपालको समग्र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

‘यो अवार्ड पाउँदा हामी गौरवान्वित भएका छौं । नेपाल पर्यटन बोर्ड यस उपलब्धिमा योगदान पु¥याउने सबै साझेदारहरू र सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं । साथै हामी पर्यटकहरूलाई नेपालको विविधतायुक्त पर्यटनको अनुभव र नेपाली आतिथ्यताको लागि आमन्त्रण गदैछौं,’ उनले भने ।

अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । जसअन्तगर्त बेस्ट वेलनेस रिसोट कैराली (आयुर्वेदिक उपचार गाउँ) भारत, उत्कृष्ट इनबाउन्ड अपरेटरमा क्रिएटिभ ट्राभल भारत, सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय पर्यटन बोर्डमा श्रीलंका पर्यटन प्रवद्र्धन ब्यूरो, उत्कृष्ट उदीयमान पर्यटन गन्तव्य (अन्तर्राष्ट्रिय) अजरबैजान पर्यटन, बेस्ट डोमेस्टिक टुर अपरेटरमा सदर्न ट्राभल भारत,उत्कृष्ट दिगो राज्यमा मध्य प्रदेश पर्यटन बोर्डलाई सम्मान गरिएको थियो ।

आइतवार, २० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे