जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ।

ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्‍याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो। गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साहित बनेका छन्।

पालिकाले थालेको यो कामले इतिहास र यहाँका संस्कृति, परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न टेवा पुग्ने स्थानीय सञ्जय कुलुङले बताए। इतिहाससँगै भाषा, संस्कार संस्कृतिलाई बचाइराख्न सहयोग पुग्ने उनको भनाइ छ।

‘ऐतिहासिक सम्पदा तथा संस्कार, सस्कृतिको संरक्षणमा पालिकाले गरिरहेको काम उदाहरणीय छ’, कुलुङले भने, ‘हाम्रा ऐतिहासिक सम्पदाको संरक्षण गरिएन भने भावी पुस्तासम्म पुग्न सक्दैनन्। कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहनसहन लोप हुने अवस्थामा छन्। विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ।’

पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसंँग जोडिएको ‘सोरिनेम तोसिखोम’ ९पितृ घर० निर्माणले उत्साह थपिएको कुलुङले बताए। परम्परागतरुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।

यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्धरुपमा काम गरिरहेको उनले जानकारी दिए। यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।

‘हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरु छन्’, अध्यक्ष राईले भने, ‘यी सम्पदाहरुको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ। यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ।’

विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उनले जानकारी दिए।

विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ। संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए। उनका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ।

‘हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक छ’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने,’ यहाँका ऐतिहासिक क्षेत्रहरुको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ। यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ।’ रासस

सोमवार, १४ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे