file photo

सगरमाथा क्षेत्र प्रवेशमा गाउँपालिकाले पर्यटकसँग लिने शुल्क बढेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ बाट लागु हुने गरी पर्यटक शुल्क बढाएको हो ।

यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेक देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्‍याइएको छ । सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ यथावत छ ।

गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो ।

स्थानीय तहले कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्ष मुनिका बालबालिकालाई भने कागजातका आधारमा निःशुल्क प्रवेश दिइने गाउँपालिकाको निर्णय छ ।

सोमवार, १४ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा