संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएसन(एसकाज)को अध्यक्षमा शंकर खनाल पुनः निर्वाचित भएकाछन् । एशोसिएसनको शनिवार भएको साधरणसभाले खनाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा दिपेश श्रेष्ठ, महासचिवमा उद्धव भट्टराई, सचिवमा सुनिता पोखरेल, कोषाध्यक्षमा द्धारीका काफ्लेलाई निर्वाचित गरेको छ । त्यसैगरी सदस्यमा निमेशजंग राई, मणिराज गुरुङ, कुलचन्द्र बिष्ट, पर्वत बिश्वकर्मालाई पनि निर्वाचित गरेको छ । सल्लाहकारमा हेमन्त गौतम, दुर्गा खनाल र संस्थापक अध्यक्ष दिपेन्द्र वान्तवा रहेकाछन् । नेपाल पत्रकार महासंघ संखुवासभाको पूर्व सभापतिसमेत रहेका खनाल हाल ईमेज टेलिभिजनमा कार्यरत छन् । लामो समयदेखि पत्रकारितामा आबद्ध खनालसंघ बिभिन्न सञ्चारगृहमा रहेर काम गरेको अनुभव छ । संखुवासभा काठमाडौ जर्नालिष्ट एशोसिएसनले संखुवासभा जिल्लाको विकास, सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका बिषयमा जिल्लावासीबीच बिभिन्न कार्यक्रम गर्दे आएको छ । जिल्लाको बिकास निर्माणमा सरोकारवालाहरुसंग छलफल गर्दे समग्र जिल्लाबासीबीचको एकता भेटघाट आदानप्रदानमा महत्वपूर्ण काम गर्दे आएको छ । पछिल्लो समय विश्वका बिभिन्न देशमा रहेका संखुवासभाली र बिभिन्न देशमा रहेका संखुवासभासंग जोडिएका संघसंस्थाको सम्मेलन संखुवासभा विश्व सम्मेलनको क्षेत्रमा पनि आवाज उठाउदै आएको छ ।

आइतवार, १३ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान