Trending
प्रशासनविद् एंव समाजसेवी डा. हिरामणी घिमिरे र उन्की श्रीमती सीतादेवी शर्मा घिमिरेले संयुक्त रुपमा खाँदबारी बाल बिकास समाजलाई एक करोड रुपैया प्रदान गरेकाछन् । संखुवासभा –काठमाडौ जर्नालिष्ट एसोशियसन र खाँदबारी बालविकास समाजले शनिवार काठमाडौमा गरेको कार्यक्रममा डा. घिमिरे र श्रीमती शर्मा घिमिरेले एक करोड रुपैयाको चेक प्रमुख अतिथि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का मार्फत बाल विकास समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गरे । एक करोड रुपैयाको अक्षयकोष मार्फत आएको ब्याजबाट र्दुगम क्षेत्रका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद र उनीहरुको चेतना बिस्तारसंगै स्कुल जान प्रेरीत गरीने छ ।
संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोशिएसन एसकाजका अध्यक्ष शंकर खनालको सभापतित्वमा भएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले डा. घिमिरे र परिवारले प्रदान गरेको सहयोग रकमले दुर्गम क्षेत्रका बालबालिकाको क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । समाजमा सामाजिक काममा डा. घिमिरेले पुर्याएको योगदानको पनि मन्त्री खड्काले प्रशंसा गरे । आजका बालबालिका भोलिका भविश्य भएकाले उनीहरुलाई सहि बाटो हिडाउन यस्तो पुण्य कामले ठूलो सहयोग पुग्ने उन्को भनाई थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अक्षयकोषको रकम ठुलो भएका कारण यसबाट भएको आम्दानीले साच्चै दुर्गगम क्षेत्रमा रहेका बालबालिकाको विकासको लागि खर्च गर्न सकीने उल्लेख गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो पुण्य कामको जति चर्चा गरेपनि कम हुने भन्दै यसले अरुलाई पनि अभिप्रेरीत गरेको बताए ।
कार्यक्रममा समाजसेवी डा. घिमिरेले निर्दोश, अनाथ र दुर्गम क्षेत्रका बालबालिकाको क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले आफूले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी दिए । यसले बालबालिकाको चेतना अभिवृद्धि उनीहरुको पठनपाठन र अन्य क्षेत्रमा सयहयोग पुग्ने पनि विश्वास व्यक्त गरे ।
संस्थाका अध्यक्ष रामप्रसाद घिमिरेले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणमा उचित स्याहार र समग्र व्यक्तित्व विकासमा सघाउँ पुर्याउने गरी संस्थाले काम गर्ने उद्धेश्य रहेको जानकारी दिए । कार्यक्रममा पूर्व मुख्य सचिव बिमल कोइराला, पूर्व सचिव दिनेश घिमिरे, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वसचिवहरुको पनि सहभागिता थियो । अनुपा घिमिरेले सञ्चालन गरेको कार्यक्रममा शारदा लम्सालले धन्यवाद मन्तव्य दिनुभएको थियो ।