कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०र८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार २ सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार ३ सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको उनले बताइन् ।

आइतवार, १३ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !