बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेसका तर्फबाट थप चार जना मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारकाले पूर्णता पाएको हो। यसअघि गत बुधबार मुख्यमन्त्री लामासँगै एमालेका ६ र कांग्रेसका तीन जना मन्त्रीले सपथ लिएका थिए। आज थप चार जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसकातर्फबाट श्यामबहादुर खड्का, हरिप्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई सपथ गराएका हुन्।

उनीहरुले क्रमशः खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। १४ सदस्यीय बनेको मन्त्रिपरिषदमा बुधबार नै विना विभागीय मन्त्रीको जिम्मेवारी लिएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ।

यससँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ र मन्त्री १४ पुगेका छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । यसअघि बिहीबार कांग्रेसका तर्फबाट चार जना मन्त्री थप गरी सपथ गराउने तयारी गरेपछि सत्ता साझेदार दल एमालेले असहमति जनाएको थियो । कांग्रेस भित्रै पनि मन्त्रालय बाँडफाँडको विषयलाई लिएर विवाद भएको थियो । त्यसवेला सहमतिको प्रयास असफल भएपछि सपथ कार्यक्रम नै रोकिएको थियो ।

शनिबार, १२ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान