नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिरहेको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राखे ।

“रोजगारीदेखि शिक्षाका लागि विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उनले भने ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताए ।

कार्यक्रममा प्राडा सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी रु चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गरेका थिए ।

शनिबार, १२ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !