काठेखोला गाउँपालिका-२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ। बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा बिस्तारै बाझिँदै गएको छ। खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐँसेलुको बोट उम्रिएको छ।

यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा हिजोआज चहलपहल बढेको छ। विदेशीहरु लामबद्ध भएर उक्त गाउँमा फलफूल बगैँचा निर्माणमा लागेका छन्। डोहेरीको बाँझो जग्गामा अहिले विदेशी स्वयंसेवकले धमाधम फलफूलका बोट लगाइरहेका छन्।

विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पीएसडी नेपालमार्फत अहिले काठेखोलाको डोहेरी गाउँमा ओखर, एभोकाडो, कागती र टिमुरलगायतका फलफूलका बिरुवा विदेशी स्वयंसेवीहरुले बाँझो जग्गामा लगाइरहेको काठेखोला-२ भीमापोखराका वडाध्यक्ष विद्यापती शर्माले बताए। आयआर्जन बढाउने र वातावरण संरक्षण गर्नेगरी फलफूल रोप्ने काम चलिरहेको छ।

सडक सुविधा नपुगेको र बसाइँसराइका कारण जमिन बाझिँदै गएपछि विदेशीको सहयोगमा अहिले आठ सय फलफूलका बिरुवा लगाइसकेको शर्माले बताए। उनले एक हजार दुई सय ओखर, एभोकाडोलगायत फलफूलका बिरुवा लगाउने योजनाअनुसार अहिले डोहेरी गाउँ र धम्जाको माझकटेरामा स्थानीयको सहयोगमा फलफूलका बिरुवा रोप्ने कार्य चलिरहेको शर्माको भनाइ छ।

‘अहिले १४ जना विभिन्न देशका विदेशी नागरिक फलफूलका बिरुवा रोप्न खटिनुभएको छ, स्थानीयले सघाइरहेका छन्, हालसम्म ४८ विदेशी स्वंसेवक बिरुवा लगाउन परिचालन भइसक्नुभएको छ, उनीहरु आफै खाल्टो खन्छन्, आफै बिरुवा रोप्छन्’, शर्माले भने, ‘वडा कार्यालयको निरन्तरको समन्वय र सहकार्यमा बाँझो जग्गा छिट्टै फलफूल बगैँचामा परिणत हुनेछ।’

ओखर र टिमुर लगाउने काम अन्तिम चरणमा पुगेको छ भने एबोकाडा र कागतीका बिरुवा लगाउने तयारी भइरहेको छ। विश्व चुनौती कार्यक्रम (वल्ड च्यालेञ्ज प्रोग्राम)अन्तर्गत पीएसडी नेपालमार्फत बिरुवा खरिददेखि रोपणसम्मको सम्पूर्ण खर्च व्यहोर्नेगरी बाँझो जग्गा सदुपयोग भइरहेको छ।

बिरुवा रोप्नका लागि तीन महिना अघि नै कम्पोष्ट मल तयार गरिसकेको र अहिले बाँझो जग्गालाई सरसफाइ गरेर खाल्टा खनिरहेको डोहेरीका स्थानीय प्रेमप्रसाद न्यूरेले बताए। डोहेरी गाउँमा २२ घरपरिवार रहे पनि अहिले आठ घरमा मात्रै मानिस बस्दै आएका छन्। केही घर खण्डहर भएर भत्किएका छन्।

बसाइँसराइका कारण उजाड बनेको गाउँ हरियाली बनाउने वडा कार्यालयको योजनाले उत्साहित बनेको न्यूरेको भनाइ छ। ओखर, कागती, टिमुर र एभोकाडोका लागि आवश्यक सिँचाइ पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ।

न्यूरले आफ्नो दुई रोपनी जग्गामा सल्लाका बोट, निगालो र ऐँसेलुको झाडी फाडेर ५५ ओखर र दुई सय टिमुरका बिरुवा लगाएका छन्। कागती र एभोकाडो लगाउनका लागि अन्य जग्गाको तयारी थालिएको जनाउँदै न्यूरेले गाउँभरमा एक हजार दुई सयभन्दा बढी बिरुवा लगाउने काम अन्तिम चरणमा पुगेको बताए।

वडाको उच्च स्थानमा रहेको डोहेरी गाउँका स्थानीयलाई आय आर्जनसँग जोड्नका लागि ओखरलगायत बिरुवा रोप्न थालिएको बताउँदै उनले एक हजार दुई सय बिरुवा लगाउन १२ लाख रूपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए। केही फलफूलका बिरुवा काठेखोला-३ माझकटेरामा लगाउन थालिएको छ। रासस

शुक्रबार, ११ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान