कैलालीका किसानले धान उत्पादन वृद्धिका लागि धानबालीमा मलखाद प्रयोग बढाउन थालेका छन् । किसानले धान बालीमा मनोमानी रुपमा मलखाद प्रयोग गर्न नहुने कृषि प्राविधिकको सल्लाह छ । टीकापुर–१ समितिपुरका राधिका धामीले तीन बिघामा धानबाली लगाएका छन् ।

धानबाली तङग्रिँदै गएकाले उनले यतिबेला धानबालीमा मलखाद प्रयोग गर्न थाल्नुभएको छ । उहाँलाई धानबालीमा कुन मल र कति मात्रामा मल प्रयोग गर्ने भन्नेबारे जानकारी छैन । भेटेरिनरी तथा सहकारीबाट मल खरिद गरेर आफ्नै तरिकाले प्रयोग गर्दै आएका छन् । ‘मल किन्दा भेटेरिनरीमा अलि अलि सोध्ने गरेका छौँ, श्रीमान्ले मल किनेर ल्याउनुभएको छ’, उनले भने, ‘मल बढी प्रयोग गरेमा बढी उत्पादन हुन्छ भन्ने सुनेकी छु । सके जति हाल्ने हो ।’

किसानले धानको उत्पादन बढाउन समयमै प्राङ्गारिकदेखि रासायनिक मलको प्रयोग गर्ने गर्दछन् । मलखाद सिफारिस मात्रामा प्रयोग गरे उत्पादन वृद्धिमा सहयोग पुग्छ तर सिफारिस भएको मलको मात्रामा फरक परे उत्पादनमा गिरावट आउने प्राविधिकको भनाइ छ ।

किसानले अहिले धान खेतमा युरिया मल टप डेसिङ (थप मलखाद छर्ने काम) गरिहेका छन् । धान रोपेपछिको २० देखि ३० दिनको अवधिमा पहिलो पटक र ५० देखि ५५ दिनको अवधिमा दोस्रो पटक रासायनिक मल हाल्ने गर्दछन् । प्राविधिकका अनुसार धान रोपाइँ गर्दा प्रायः माटोमा फास्फोरस र पोटासको प्रयोग गरेका सचेत किसानहरु टप डेसिङमा युरिया मलको प्रयोग गर्ने गरेका हुन्छन् । टप डेसिङ गर्दा युरिया मलको प्रयोग सिफारिसभन्दा धेरै भए धान बालीमा रोग किराको प्रकोप बढ्ने भएकाले सचेत हुन आवश्यक रहेको कृषि ज्ञान केन्द्र कैलालीको बाली विकास अधिकृत रामनारायण चौधरीले बताए ।

‘कृषि विभागले अहिले स्थान विशेष मलखाद सिफारिस गरेको छ । स्थान विशेषअनुसार मलखादको प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सोही अनुसार प्रयोग गर्न आग्रह गरेको छ’, चौधरीले भने, ‘सुदूरपश्चिमसहित तराईको बाँकेदेखि कञ्चनपुरसम्मका लागि प्रतिहेक्टर ६ टन प्राङ्गारिक मल, नाइट्रोजन एक सय किलो, फस्फोरस ३० किलो र पोटास ३० किलो तथा अन्य सूक्ष्म तत्व माटो परीक्षणका आधारमा प्रयोग गर्न सिफारिस गरेको छ ।’

यसरी माटोको परीक्षण र बाली बिरुवाको अवस्थाअनुसार रासायनिक मलको प्रयोग गर्न उहाँको सुझाव छ । किसानले बिहानको समयभन्दा साँझको समय, छिपछिपे पानी भएको र झार हटाएर प्रतिकट्ठा एकदेखि डेढ किलोसम्म रासायनिक मल युरिया टप डेसिङ अर्थात् थप मलका रुपमा प्रयोग गर्नुपर्ने उनको सुझाव छ । नियमित वर्षा नहुँदा पनि धान बालीमा विभिन्न रोग कीराको प्रकोप देखापर्ने जोखिम बढ्छ । कैलालीमा पर्याप्त पानी नपर्ने र गर्मी अधिक हुँदा धान बालीमा विभिन्न किसिमका कीराको प्रकोप बढेको अवस्था छ । यस्तो बेलामा युरियाको प्रयोगले अधिक मात्रा किराको प्रकोप देखापर्ने भएकाले किसानले बाली बिरुवाको नियमित अनुगमन गर्न आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि प्राविधिक रविना चौधरी बताउँछिन् ।

‘थप मल प्रयोग गर्दा बाली हर्लक्क बढ्छ । युरिया मल पाएका बेला धानका बोट नरम हुने भएकाले यो बेला गवारो कीरा लाग्ने जोखिम रहन्छ’, उनी भन्छिन्, ‘मलखाद प्रयोग गरिरहेका बेला र पछि पनि बालीको नियमित अनुगमन आवश्यक हुन्छ । समयमै जानकारी पाएमा बाली जोगाउन सकिन्छ । बालीमा मल र विषादी प्रयोग गर्दा मनोमानी गर्न हुँदैन । सल्लाह अनुसारमात्र गर्न आवश्यक छ ।’

बिहिबार, १० साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा