शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनामा कलेजो प्रत्यारोपण गरेको छ ।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको छ । बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नभएसम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने डा श्रेष्ठले बताए ।

केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको समेत डा श्रेष्ठले जानकारी दिए । केन्द्रमा ३ वर्षको बालकदेखि ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भएको उनले बताए ।

सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।

त्यसयता केन्द्रले २६ जनाको कलेजो प्रत्यारोपण गरेकामा २४ जना ग्रहणकर्ता पुरुष र २ जना महिला छन् । यसैगरी दातामा १८ जना महिला र ८ जना पुरुष रहेका छन् । केन्द्रमा न्यूनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको छ ।

बुधबार, ९ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे