Trending
हिमाल आरोहणमा युवा आरोही लाक्पा शेर्पाको नाम नसुन्ने बिरलै होलान । संखुवासभाको मकालु गाउँपालिकाका कीर्तिमानी आरोहि शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस ५ हजार ६ सय ४२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका छन् । उन्ले स्थानीय समय अनुसार बिहान ७ बजेर २० मिटनमा सफल अरोहण गरेका हुन् । पर्वतारोही शेर्पाले उत्तर र दक्षिण गरि दुई तर्फबाटै माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् । उनले जुलाई २० र जुलाई २२ तारिखका दिन गरी दुई पटक माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् ।
उनले उत्तर र दक्षिण गरि दुई तर्फबाट उक्त हिमाल सफल आरोहण गरेका जानकारी दिए । उनीसंगै संखुवासभा मकालुका टासी शेर्पा, दावा साङगे शेर्पा र सोलुखुम्बुका चतुर तामाङले सफल आरोहण गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले यसअघि मकालु हिमालको ७ औं पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरी सकेकाछन् ।
हालसम्म उनले सगरमाथा, चोयु, मनास्लु, अमदब्लम, ल्होत्से, मकालु लगायत हिमालको आरोहण गरीसकेका छन् । मकालु हिमाल १६ दिनमा तीन पटक सफल आरोहण गरी शेर्पाले सबैभन्दा छिटो समयमा मकालु हिमाल तीन पटक सफल आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । मकालु हिमाल आरोहणमा उन्को निकै दक्खल छ ।
सातवटा अग्ला हिमाल आरोहण गरेर अर्को कीर्तिमानी रच्ने उन्को यात्रा अनुसार यस अघि उन्ले अफ्रिकाको सबै भन्दा अग्लो हिमाल किलीमन्जारोको सफल आरोहण गरी सकेकाछन् । उन्ले अर्जेन्टिनामा रहेको अग्लो हिमाल एकोनकागुवाको पनि आगामी सिजनमा आरोहण गर्ने लक्ष्य राखेकाछन् । उन्ले सेभेन समिट ट्रेक्स र १४ पिक्स एक्सपिडिसनको माध्यमबाट आरोहण गरेकाहुन् । पछिल्लो समय हिमाल आरोहणमा उन्को नाम अग्रपंक्तीमा आउने गरको छ । आरोहि शेर्पालाई हार्दिक बधाई छ ।