हिमाल आरोहणमा युवा  आरोही लाक्पा शेर्पाको नाम नसुन्ने बिरलै होलान । संखुवासभाको मकालु गाउँपालिकाका कीर्तिमानी आरोहि शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस ५ हजार ६ सय ४२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका छन् । उन्ले स्थानीय समय अनुसार बिहान ७ बजेर २० मिटनमा सफल अरोहण गरेका हुन् । पर्वतारोही शेर्पाले उत्तर र दक्षिण गरि दुई तर्फबाटै माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् । उनले जुलाई २० र जुलाई २२ तारिखका दिन गरी दुई पटक माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् ।

उनले उत्तर र दक्षिण गरि दुई तर्फबाट उक्त हिमाल सफल आरोहण गरेका जानकारी दिए । उनीसंगै संखुवासभा मकालुका टासी शेर्पा, दावा साङगे शेर्पा र सोलुखुम्बुका चतुर तामाङले सफल आरोहण गरेका हुन् ।  संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले यसअघि मकालु हिमालको ७ औं पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरी सकेकाछन् ।

हालसम्म उनले सगरमाथा, चोयु, मनास्लु, अमदब्लम, ल्होत्से, मकालु लगायत हिमालको आरोहण गरीसकेका छन् । मकालु हिमाल १६ दिनमा तीन पटक सफल आरोहण गरी शेर्पाले सबैभन्दा छिटो समयमा मकालु हिमाल तीन पटक सफल आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । मकालु हिमाल आरोहणमा उन्को निकै दक्खल छ ।

सातवटा अग्ला हिमाल आरोहण गरेर अर्को  कीर्तिमानी रच्ने उन्को यात्रा अनुसार यस अघि उन्ले अफ्रिकाको सबै भन्दा अग्लो हिमाल किलीमन्जारोको सफल आरोहण गरी सकेकाछन् । उन्ले अर्जेन्टिनामा रहेको अग्लो हिमाल एकोनकागुवाको पनि आगामी सिजनमा आरोहण गर्ने लक्ष्य राखेकाछन् । उन्ले सेभेन समिट ट्रेक्स र १४ पिक्स एक्सपिडिसनको माध्यमबाट आरोहण गरेकाहुन् । पछिल्लो समय हिमाल आरोहणमा उन्को नाम अग्रपंक्तीमा आउने गरको छ । आरोहि शेर्पालाई हार्दिक बधाई छ ।

सोमवार, ७ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान