file photo

भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।

मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ ।

मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताए । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले बताए ।

दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उहाँको भनाइ छ । अहिले उनले ३५ घार मौरीपालन गरिरहेका छन् । यहाँका अधिकांश क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेकाले किसानलाई प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले जानकारी दिए । किसानलाई मौरीपालनमा जोड दिएसँगै मह उत्पादन हुन थालेको छ ।

‘हाम्रो वडामा मौरीपालनको राम्रो सम्भावना छ’ आचार्यले भने, ‘किसानले आ-आफ्नो तरिकाबाट मौरीपालन गर्दै आएका थिए। पराम्परागत रुपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट आयआर्जनमा जोड्न प्राथमिकताका साथ काम गरिरहेका छौँ।’

गाउँपालिकाले किसान लक्षित विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताए । किसानलाई तालिमसँगै मौरी घार वितरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, सुन्तलाको नर्सरी स्थापना, लागत साझेदारीमा हाते ट्र्याक्टर, प्लास्टिक टनेल, विद्युतीय मिल, सिँचाइ पाइप, हजारीलगायतका सामग्री वितरण गरिएको उनले जानकारी दिए ।

‘हामीले माटो सुहाउँदो कृषि प्रणालीमा जोड दिँदै आएका छौँ’, प्रशासकीय अधिकृत पोखरेलले भने, ‘किसानलाई नियमित तालिमको व्यवस्था गरेका छौँ । त्योसँगै किसानलाई लागत साझेदारीमा विभिन्न आधुनिक कृषि यन्त्र उपकरण पनि वितरण गर्दै आएका छौँ।’ गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर मौरीपालन तथा कृषिका अन्य क्षेत्रमा प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए ।

सोमवार, ७ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे