अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न शुक्रबार ठेक्का आह्वान गरेको हो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले चालु आर्थिक वर्षको कार्यक्रममा समावेश र बहुवर्षीय योजनामा छनाट भएको चित्रे–घोडेपानी सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाएको बताए । विसं २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको करिब तीन किलोमिटर सडक हाल कच्चि अवस्थामा छ ।

सडक विस्तार, ग्रेड, घुम्ती तथा मोड सुधार गरेर बाह्रै महिना सहज रूपमा नियमित यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता राखेर बजेट ब्यवस्था गरेर ठेक्का प्रक्रिाय अघि बढाएको हो । गत आर्थिक वर्ष ३० लाख बजेट विनियोजन भएको थियो । थप ३० लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर तीन करोड बजेट बराबरको बहुवर्षीय ठेक्का लगाउने निर्णय गरिएको छ ।

२०८० मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा सदस्य हरि भण्डारी र रेशम जुग्जालीको प्रस्तावमा चित्रे–घोडेपानी सडक स्तरोन्नति गर्न बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणाअनुसार कार्यान्वयन गरिएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक हालै स्तरोन्नति सकिएको छ ।

कास्कीको नयाँपुल, तिखेढुंगा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयबासीलाई आवतजावत गर्न सहज हुने घोडेपानीका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।

आइतवार, ६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे