file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट उनले १८८ मत पाएका हुन्। दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ।

प्रधानमन्त्री ओलीलाई ८८ मत कांग्रेसबाट र ७७ मत उनको दल एमालेबाट आएको छ। यस्तै, जसपा नेपाल र जसपाबाट १२, जनमत पार्टीबाट ६, नागरिक उन्मुक्ति पार्टीबाट चार, लोकतान्त्रिक समाजवादी पार्टीबाट चार र दुई स्वतन्त्र सांसदले मत दिएका छन्।

उनको विपक्षमा ७५ मत परेको छ। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टीले उनलाई मत दिएनन्।

यस्तै, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय जनमोर्चा तथस्ट बस्यो। २७५ सदस्यीय प्रतिनिधि सभामा आज २६३ सांसद उपस्थित थिए।

ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री चयन भएका हुन्। दुई दलबीच असार १७ गते सात बुँदे सहमति भएको थियो। उनी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन्।

संविधानको सोही धाराको उपधारा ४ बमोजिम ओलीले विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

आइतवार, ६ साउन, २०८१ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !